NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

सीआईबी भन्छ : तीन महिना लामो अनुसन्धानपछि चौधरी पक्राउ, अन्य पनि तानिन सक्छन्

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति पनि तानिन सक्ने बताएको छ।

सीआईबीका प्रवक्ता एवम् एसएसपी नवराज अधिकारीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गर्न तीन महिना लागेको र अनुसन्धान जारी रहेको बताएका हुन्।

थप अनुसन्धानका क्रममा अन्य व्यक्तिहरु पनि तानिने सम्भावना रहेको उनले बताएका छन्। उनले बाँसबारी छालाजुत्ता कारखानाका अध्यक्ष थापा र सीजी ग्रुपअन्तर्गतको चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई पनि पक्राउ गरिएको बताउँदै अनुसन्धानका क्रममा यो हिनामिनामा जोडिएका अरु पनि तानिन सक्ने बताए। अधिकारीले तत्कालीन अध्यक्ष थापाले आफ्नै तजबिजीमा बाँसबारीको जग्गा सीजीको हातमा दिएको पनि बताएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष