रणवीर-आलियाले अप्रिल १७ विवाह गर्दै, हनिमुन स्वीट्जरल्यान्ड जाने
मुम्बई । अहिले रणवीर कपुर र आलिया भट्टको बिहेको चर्चा चलिरहेको छ । अब यो जोडीको विवाहको उत्सव अप्रिल १३ वा १४ बाट सुरु हुने खबर आएको छ । दुवै जना प्रि वेडिंङ उत्सव र विवाह चेम्बुरको आरके हाउसमा हुनेछ । ३-४ दिनको समारोहपछि १७ अप्रिलमा रणवीर-आलियाले पञ्जाबी रीतिअनुसार विवाह गर्ने बताइएको छ ।
इ टाइम्सको रिपोर्ट अनुसार दुवैको विवाहको तयारी वेडिङ वेन्यू आरके हाउसमा सुरु भएको छ । अप्रिल १३ मा यो जोडीको मेहन्दी सेरेमनी हुन लागेको बताइएको छ । त्यसपछि हल्दी, संगीतलगायत सबै समारोह हुनेछन् । त्यही हलमा रणवीरका बुबाआमा ऋषि कपुर र नितु कपुरको पनि विवाह भएको थियो ।
रिपोर्टका अनुसार बिहे अघि रणवीरले आफ्नो घरमा ब्याचलर पार्टी आयोजना गर्न लागेका छन् । यो पार्टीमा सहभागी हुनेहरुको नामावली पनि बाहिरिएको छ । पार्टीमा उनको धेरैनजिकका साथीहरू र बाल्यकालका साथी सहभागी हुनेछन् । यो लिस्टमा अर्जुन कपुर, आदित्य रोय कपुर र अयान मुखर्जीको नाम समावेश छ । यी तीनैजना रणवीरका निकै नजिकका साथी हुन् ।
रिपोर्टका अनुसार विवाहपछि आलिया र रणवीर हनिमुनका लागि स्विट्जरल्याण्ड जानेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया