घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय

बेइजिङ । वित्तीय क्षेत्रमा भ्रष्टाचार विरुद्धको कारवाहीमा पछिल्लो निर्णयका रूपमा राज्यसमर्थित चिनियाँ बैंकका पूर्वप्रमुखलाई घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि नै गहिरो तहमा रहेको भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका छन् । यद्यपि आलोचकहरूले उक्त नीतिले उनलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्न सहयोग पुगेको बताएका छन् ।
सोमबार चाइना मर्चेन्ट्स बैंकका पूर्वअध्यक्ष तियान ह्युईलाई दुई वर्षको राहतसँगै मृत्युदण्डको सजाय सुनाइएको छ । दुई वर्षपछि मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ । सरकारी प्रसारक सिसिटिभीका अनुसार तियानलाई ‘घुस स्वीकार गरेको’ दोषी पाइएको छ । साथै उनलाई दशकौँसम्म ‘राज्यको स्वामित्वमा रहेको कम्पनीका कर्मचारीहरूको शक्तिको दुरुपयोग गरेको, अज्ञात जानकारीको व्यापार गरेको, भित्री व्यापार गरेको र आन्तरिक जानकारी चुहाएको’ दोषी पाइएको छ ।
भ्रष्टाचारविरोधी अभियानले आफ्नो ध्यान मुलुकका केही प्रमुख फाइनान्सरहरूमाथि केन्द्रित गरेपछि तियान पहिलोपटक सन् २०२२ अप्रिलमा सार्वजनिक अनुसन्धानको दायरामा आएका थिए । डिसेम्बरमा चाइना डेभलपमेन्ट बैंकका पूर्वउपाध्यक्ष झोउ किङ्युलाई घुस लिएको आशङ्कामा पक्राउ गरिएको थियो ।
जनवरीमा राज्यको स्वामित्वमा रहेको चिनियाँ बैङ्किङ एभरब्राइट ग्रुपका पूर्वअध्यक्षलाई भ्रष्टाचार र घुस लिएको आशङ्का पक्राउ गरिएको थियो । यसका अतिरिक्त गत महिना चाइना डेभलपमेन्ट बैंकका पूर्वशीर्ष कार्यकारी हे जिङजियाङलाई घुस लिएको आरोपमा २० वर्षको कारगार सजाय दिइएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया