गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा प्रदेश सरकारको चासो
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघिबढाउन बागमती प्रदेश सरकारले चासो देखाएको छ ।
बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले रङ्गशाला सोमबार निरीक्षण गर्दै निर्माणका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने आश्वासन दिएका हुन् ।
रङ्गशाला निर्माणस्थल अवलोकनपछि अर्थमन्त्री लामाले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका हुन् । प्रदेश सरकारले ७० प्रतिशत बजेट विनियोजन गर्ने उनले बताए ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई पनि उनले रङ्गशालामा बजेट पार्ने विश्वास दिलाए । देशकै गौरवको आयोजना प्रदेशमा भएकाले यसलाई पूरा गर्नु प्रदेश सरकारको दायित्व रहेको बताउँदै मन्त्री लामाले भने, “रङ्गशाला निर्माणमा प्रदेश सरकारको चासो छ । हामी बजेट सुनिश्चित गरेरै अघि बढ्छौँ । ढुक्क हुनुस् ।”
महानगर उपप्रमुख चित्रसेन अधिकारीले रङ्गशाला निर्माणमा प्राप्त आश्वासनले आशा जगाएको बताए । मन्त्री लामासँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, माया श्रेष्ठ, भरतपुर महानगरपालिका– १५ का वडाध्यक्ष श्रीकृष्ण देवकोटा रङ्गशाला निर्माणस्थल पुगेका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया