NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ५ गते

अतिक्रमित संरचना हटाउन नगरपालिकाको १५ दिने अल्टिमेटम

काठमाडौं ।टोखा नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गरेको आग्रहलाई अधिकांशले बेवास्ता गरेका छन् । अघिल्लो पटक गरिएको आग्रह अटेरी गरेपछि नगरपालिकाले त्यस्ता संरचना खाली गराउन पुनः प्रक्रिया थालेको छ ।

टोखा नगरपालिकाले ०७९ भदौ ९ गते नगरकार्यपालिकाको बैठकबाट आफ्नो क्षेत्रभित्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गराउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । तर अतिक्रमणमा संलग्नले अझैसम्म त्यस्ता संरचना हटाउन आनाकानी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जनाए । नगरपालिकाकाले १७ महिनाअघि नगरपालिका क्षेत्रभित्रका नदीनाला तथा खोला खोल्सीका करिडोरको मापदण्डमा बनेका संरचना हटाउन पनि भनेको थियो । तर यसमा बनेका संरचना पनि अझैसम्म हटेका छैनन् ।

डेढ वर्षअघि दिइएको निर्देशन पालना नभएपछि नगरपालिकाले मंगलबार फेरि सूचना जारी गरेर १५ दिने अल्टिमेटम दिएको छ । उक्त समयभित्र पनि जग्गा संरचना नहटाएमा नगरपालिकाले कानूनबमोजिम खाली गराउने नगरपालिकाद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष