‘मेयर’ मा वर्षा राउत अनुबन्धित
काठमाडौं । पटकथा प्रोडक्सनको निर्माण र दीपेन्द्र के खनालको निर्देशनमा बन्ने आगामी फिल्म ‘मेयर’को शीर्ष भूमिकामा वर्षा राउत अनुबन्धित भएकी छन् ।
बुधबार निर्माण कम्पनी र अभिनेत्री राउतबीच लिखित सहमति भएको हो । अभिनेत्री वर्षा राउतले पहिलो पटक अभिनेता खगेन्द्र लामिछानेसँग स्क्रिन सेयर गर्ने भएकी हुन् ।
यो फिल्ममा अर्पण थापा पनि यसअघि अनुबन्धित भइसकेका छन् । आगामी फागुन १५ देखि सर्लाहीमा छायांकन हुने मेयरको निर्माताको रुपमा दीपेन्द्र रहेका छन् ।
यो फिल्म सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनबारे प्रेरित हुने बताइएको छ ।
ताजा अपडेट
-
काभ्रे प्रहरीको कडाईः सवारी साधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
प्रतिक्रिया