सन्दीपको नाममा हुटिङ गर्ने दर्शक मैदानबाट आउट
काठमाडौं । त्रिवि मैदानमा नेपाल र क्यानाडाबीचको खेल भइरहँदा केहीबेर तनावको स्थिती सिर्जना भएको छ ।
बलात्कारको अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाएपछि तनाव उत्पन्न भएको हो । खेल जारी भइरहँदा दर्शकले सन्दीप लामिछानेको नाममा हुटिङ गरेका थिए । हुटिङ गर्नेमध्ये दुई जनालाई प्रहरीले मैदानबाट निकालेको छ ।
‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै दर्शक दिर्घाबाट हुटिङ भएपछि प्रहरीले हस्तक्षप गर्यो । दर्शकले बोकेका केही ब्यानर पनि प्रहरीले खोसेको छ । केहीबेर रोकिएको खेल अहिले सुचारु भइसकेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया