संसदीय समितिले अब ६ महिनाभित्र विधेयक टुंग्याउनैपर्ने
काठमाडौं । संसदीय समितिले ६ महिनाभित्र विधेयकको छलफल टुंग्याउनुपर्ने गरी कानुन संशोधन हुँदै छ । सरकारले संविधानअनुकूलका नयाँ कानुन बनाउन ल्याएका विधेयक वर्षाैँसम्म संसदीय समितिमा गएर थन्किने गरेपछि कानुन संशोधनमार्फत ६ महिने समयसीमा तोकिएको हो ।
संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले आफ्नो नियमावली संशोधन गर्दै समितिले विधेयकमाथि दफावार छलफल गरी ६ महिनाभित्र सक्नुपर्ने व्यवस्था गरेको हो । राष्ट्रिय सभा नियमावली संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले अब समितिमा आइसकेका विधेयक ६ महिनाभित्र टुंग्याउनैपर्ने बताए ।
उनका अनुसार संशोधित नियमावलीको नियम १०९ (५) मा ‘सभामा उत्पत्ति भएको विधेयक नियम १०४ बमोजिम दफावार छलफलका लागि समितिमा प्राप्त भएमा दफावार छलफल समाप्त गरी सोको प्रतिवेदन बढीमा ६ महिनाभित्र सभामा पेस गर्नुपर्ने’ प्रावधान राखिएको छ ।
सभापति आलेमगरले समितिको प्रतिवेदन २२ माघमा राष्ट्रिय सभामा पेस गरिएको जानकारी दिँदै नियमावली संशोधन मस्यौदा आइतबार पारित हुने बताए । ‘सबै दलको सहमतिमा संशोधन मस्यौदा प्रतिवेदन तयार भएकाले सभामा दफावार छलफल गरेर सर्वसम्मत पारित हुन्छ,’ उनले भने । आइतबार १ बजे बस्ने बैठकको कार्यसूचीमा ‘राष्ट्रिय सभा नियमावली मस्यौदामाथि दफावार छलफल र पारित’ गर्ने विषय राखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया