आजदेखि इमर्जेन्सी कक्ष मर्मत गर्दै त्रिवि शिक्षण अस्पताल, उपचार के हुन्छ ?
काठमाडौं । त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी कक्ष आजदेखि मर्मत गरिने भएको छ । मर्मतका क्रममा उपचार यथावत् सञ्चालन भए पनि सीमित स्रोत र साधनका कारण सेवा प्रभावित हुने सम्भावना छ ।
त्रिवि शिक्षण अस्पतालले एक सूचना जारी गर्दै सोमबारदेखि केही दिन अस्पतालको आकस्मिक कक्ष मर्मत गर्न लागिएको जनाएको छ । आकस्मिक कक्ष मर्मतका क्रममा उपचार सेवा यथावत् चले पनि सीमित स्रोत र साधनका कारण असुविधा पर्न सक्ने अस्पतालको भनाइ छ । कस्ता बिरामीको उपचारमा असुविधा पर्न सक्छ भन्नेबारे भने अस्पताल प्रशासनले केही खुलाएको छैन ।
‘मिति २०८०/१०/२९ गतेदेखि केही दिन यस अस्पतालको इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएको हुँदा सीमित स्रोत साधनस्रोतबाट उपचार गर्नुपर्ने अवस्थाले उपचारमा आउनुहुने बिरामीहरूमा पर्न जाने असुविधाका लागि त्रिवि शिक्षण अस्पताल क्षमता चाहन्छ,’ अस्पताल प्रशासनद्वारा जारी सूचनामा भनिएको छ ।
बिरामीको सर्वाधिक चाप हुने अस्पतालमा त्रिवि शिक्षण अस्पताल पर्छ । सरकारी अस्पताल भएकाले यहाँ देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी उपचारका लागि आउने गरेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया