पहाडी भूभागमा वर्षा र उच्च पहाडी भूभागमा आज हिमपातको सम्भावना
काठमाडौं । पहाडी भूभागमा आज वर्षाको आकलन गरिएको छ । उच्च पहाडी भूभागमा भने हिमपात हुने जोखिम छ ।
मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा भने छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा भने हल्का हिमपात हुने मौसमविद्ले अनुमान गरेका छन् ।
केही समयदेखि नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभाव मौसममा परिरहे पनि ठूलो वर्षा भने हुन सकेको छैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया