ग्लोबल आईएमई बैंकले ल्यायो विशेष घरकर्जा योजना, १२ करोडसम्मको कर्जा पाइने
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार १० वर्षसम्मका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने अफर सार्वजनिक गरेको हो ।
बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी घर कर्जा योजना सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका व्यक्तिहरूले सहज रुपमा कर्जा सार्न समेत सक्नेछन् ।
यस योजनामा सेवाग्राहीले १० वर्षसम्मका लागि ९.९९ प्रतिशत व्याजदरमा, १० देखि १५ वर्षसम्मका लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउने बैंकले जनाएको छ । आवश्यक कागजात पेस गर्ने व्यक्तिलाई २ दिनभित्रमा कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।
सीमित अवधिका लागि लागु हुने यस योजना अन्तर्गत देशैभरका ७७ वटै जिल्लामा रहेका यस बैंकका शाखाबाट यो सुविधा उपभोग गर्न सकिने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया