काउन्सिललाई धमलाको जवाफ– छिटो सूचना दिन खोज्दा गल्ती भो, अब यस्तो हुँदैन
काठमाडौं । जहाजका क्रु मेम्बरलाई जबरजस्ती गरेर प्रधानमन्त्री शेरबहादुर देउवा रहेको ठाउँमा प्रवेश गरेर आलोचित पत्रकार ऋषि धमलाले जनतालाई शीघ्र सुसूचित गराउन खोज्दा आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । साथै उनले आगामी दिनमा यस्तो अमर्यादित हर्कत नगर्ने प्रतिबद्धता पनि जायर गरेका छन् ।
भारत भ्रमणबाट स्वदेश फर्कने क्रममा प्रधानमन्त्री सवार विमानमा धमलाले विमानका कर्मचारीलाई अभद्र व्यवहार गरेर प्रधानमन्त्री रहेको स्थानमा प्रवेश गरी टेलिभिजनमा लाइभ गरेपछि उनको चर्को आलोचना भएको थियो । लगत्तै काउन्सिलले धमलासँग स्पष्टीकरण सोधेको थियो । जसको जवाफ उनले बुधबार काउन्सिललाई बुझाएका हुन् ।
‘धमलाले बुधबार स्पष्टीकरणको जवाफ बुझाउँदै आफूबाट गल्ती भएको र आइन्दा त्यस्तो कार्य नगर्ने प्रतिबद्धता जनाएका छन्,’ काउन्सिल स्रोतले भन्यो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया