आजैको दिन सुरु भएको थियो जनआन्दोलन
काठमाडौं । आज २४, चैत अर्थात् ०६२/०६३ को १९ दिने जन आन्दोलन सुरू भएको दिनको रूपमा सम्झना गरिन्छ ।
०६१ माघ १९ मा राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाई प्रत्यक्ष शासन आफ्नो हातमा लिएको विरोधमा तत्कालीन संसदीय सात दल र विद्रोही माओवादीले संयुक्त जनआन्दोलन गरेका थिए ।
जनताको बलमा घुँडा टेकेका राजा ज्ञानेन्द्रले वैशाख ११ मा विघटित संसद् पुर्नस्थापना गरी जनताको नाशो जनतालाई नै फिर्ता गरेका थिए ।
माओवादी सशस्त्र विद्रोह उत्कर्षमा पुगेको अवस्थामा शाहले देउवा नेतृत्वको मन्त्रिपरिषद भंग गरी आफ्नै नेतृत्वमा सरकार गठन गरेका थिए ।
राजाको कदमबाट चिढिएका कांग्रेससहितका सात दलले माओवादी विद्रोहीसँग १२ बुँदे सम्झौता गरी शाही सरकारविरुद्ध आम हड्ताल सुरू गरेका थिए ।
जनविद्रोहमाथि सरकारले दमन गर्दा २५ नागरिक सहिद भएका थिए । सयौं जना अंगभंग भएका थिए । जनआन्दोलन–२ नाम दिएको यस आन्दोलनले २ सय ४० वर्ष लामो शाहवंशीय राजसंस्था ढली नेपालमा गणतन्त्र स्थापना भएको थियो ।
०४६ मा ५० दिनसम्म चलेको जनआन्दोलन पनि चैत २६ मा अन्त्य भएको थियो । यस जनआन्दोलनबाट निरंकुश पञ्चायती शासनको अन्त्य गरी नेपालमा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया