बालकुमारी घटनामा मन्त्रीका पिएसओ र डिएसपी मुख्य दोषी भएको छानबिन समितिको निष्कर्ष
काठमाडाैं । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोग छानविन समितिले आज प्रतिवेदन बुझाएको छ । प्रतिवेदनले उक्त घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पिएसओ र डिएसपी मुख्य दोषी भएको छानबिन समितिको निष्कर्ष निकालेको छ ।
सरकारले पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । जसमा पूर्वएआइजी अरुण बिसी सदस्य र गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई सदस्य सचिव रहेका थिए ।
इपिएस परीक्षासम्बन्धि विवादमा गत १३ पुसमा बालकुमारीमा युवाहरुले गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुई युवकले ज्यान गुमाएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया