युवामा किन सिप विकास हुन सकेन ?
काठमाडौं । नेपालको विमानस्थलमा स्वदेशी भूमि छाडेर विदेशीने लहर लामबद हुन्छ । कोही बैदेशिक रोजगारी त केही उच्च शिक्षाल हासिल गर्नका लागि विमानस्थलमा हिजोआज घुईंचो बढेको छ । विदेशिने सबै नेपालीहरू दक्ष सिप लिएर गएका छन् त ?
नेपालमा प्राविधिक शिक्षाको प्रवद्र्धन गरिरहेको सिटिइभिटीका पूर्व सदस्यसचिव डा.रामहरि लामिछानेको भनाईमा विदेशिनेमध्ये कमै युवालेमात्रै दक्ष सिप लिएर जाने गरेका छन् ।
७२ प्रतिशत युवा सिप नै नसिकी जाने गरेको र २४ प्रतिशत न्यून सिप भएका कामदारहरु हुने गरेको उनको दाबी छ । दुई प्रतिशतमात्रै दक्ष सिप लिएर विदेशिने गरेको उनले बताए ।
नेपालबाट विदेशिने युवामा सिप विकास किन हुन सकेन ? बजारले मागेअनुसारको जनशक्ति उत्पादन किन भइरहेको छैन ? यी र यस्तै प्रश्नबारे नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगमा छलफल गरिएको छ ।
कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले प्राविधिक शिक्षाका विज्ञ डा लामिछानेसँग गरेको कुराकानीको पुरा अंश तलको लिंकमा गएर हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया