मुलुकको ध्वस्त अर्थतन्त्र सुधार्न एमालेको सरकार आवश्यक : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको गहिरिदो अर्थतन्त्र उकास्नका लागि आगामी चुनावमा आफ्नो पार्टीको सरकार आवश्यक रहेको जिकिर गरेका छन् ।
बिहीबार एमाले बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी चुनावमा एमालेले जितेमात्रै देशको देशको आर्थतन्त्रले गति लिने दाबी गरे ।
एमाले सरकारबाट हटेको ९ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको ओलीले जिकिर गरे । देशमा रोजगारी र उत्पादन बृद्धि गर्न आवश्यक लगानी गर्ने पुँजी नभएकाले समस्या आएको बताए ।
‘देशको अर्थतन्त्र ध्वस्त भएको छ । लगानी गर्ने पुँजी छैन’, उनले भने, ‘आवश्यक पुँजी नभएसम्म रोजगारी र उत्पादन बृद्धि हुन सक्दैनँ ।’
मुलुकलाई गरिबी र आर्थिक पछ्यौटेपनबाट मुक्त गर्न आगामी चुनावमा एमालेले बहुमत दिन आग्रह गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया