केजरीवालको सिको गर्दै नेपालमा भ्रष्टाचारविरुद्ध रमेश खरेल
काठमाडौँ । नेपाल प्रहरीको ‘डिआइजी’ बाट अवकाशप्राप्त रेमश खरेल भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय हुन थालेका छन् ।
नेपाल सुशासन पार्टीको नाममा अध्यक्ष खरेलले देशमा बढ्दो भ्रष्टाचार अन्त्य गरिनुपर्ने, शासन व्यवस्थामा देखिएको विकृति विसंगती अन्त्य गरी सुशासन कायम गरिनुपर्ने लगायतका मुद्धा बोकेर सक्रिय भएका हुन् ।
खरेलले राजनीतिक कार्यक्रमको रुपमा भ्रष्टाचार विरुद्धका मुद्धामा संगठित हुन भेला-छलफल, प्रचार–प्रसार एवं सांगठनिक गतिविधि बढाउँदै आएका छन् ।
खरेलले गाउँ गाउँ पुगेर आफ्नो नेतृत्वको पार्टीले भ्रष्टाचारविरुद्ध लड्ने भन्दै पार्टीको संगठन विस्तारलाई व्यापक बनाएका छन् ।
पछिल्लो समय पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं ५ बाट एकै दिन करिब ३ सय मानिसहरु भ्रष्टाचारविरोधी अभियानमा सामेल हुन भन्दै सुशासन पार्टीमा प्रवेश गरे ।
खरेलले भारतका अन्ना हजारे, केजरीवालले जस्तैगरि नेपालमा पनि भ्रष्टाचारविरुद्ध अभियान चलाउनु पर्नेमा जोड दिदै आएका छन् ।
उनले सुशासनका लागि सबै नागरिक एक जुट हुनुपर्ने र प्रमुख राजनीतिक दलको विकल्प खोज्नुपर्नेमा जोड दिदै आएका छन् ।
खरेलले प्रमुख दलका नेताहरु नै भ्रष्टाचारको मुख्य कारक भएको आरोप लगाउँदै आएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया