सर्वोत्तम सिमेन्टको आइपिओ भर्नुभयो ? छुट्ला है आज अन्तिम दिन
काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले कार्यालयसमयभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि आइपिओ जारी गरेको हो ।
कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत् ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। लगानीकर्ताले उक्त आइपिओमा प्रतिकित्ता ३६० रूपैयाँ ९० पैसाको दरले आवेदन दिनु पर्नेछ । सर्वसाधारणले आइपिओमा न्युनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आजदेखि खुल्यो सर्वोत्तम सिमेन्टको आइपिओ, न्युनतम ५० कित्ता आवेदन दिनुपर्ने
कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी प्रदान गरेको छ। यसले कम्पनी समयमा नै सुरक्षित रूपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया