सर्वोत्तम सिमेन्टको आइपिओ भर्नुभयो ? छुट्ला है आज अन्तिम दिन
काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले कार्यालयसमयभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि आइपिओ जारी गरेको हो ।
कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत् ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। लगानीकर्ताले उक्त आइपिओमा प्रतिकित्ता ३६० रूपैयाँ ९० पैसाको दरले आवेदन दिनु पर्नेछ । सर्वसाधारणले आइपिओमा न्युनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आजदेखि खुल्यो सर्वोत्तम सिमेन्टको आइपिओ, न्युनतम ५० कित्ता आवेदन दिनुपर्ने
कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी प्रदान गरेको छ। यसले कम्पनी समयमा नै सुरक्षित रूपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया