आजदेखि खुल्यो सर्वोत्तम सिमेन्टको आइपिओ, न्युनतम ५० कित्ता आवेदन दिनुपर्ने
काठमाडौं । सर्वोत्तम सिमेन्ट उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि सर्वसाधारणका लागि आइपिओ जारी गरेको छ ।
कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत् ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। लगानीकर्ताले उक्त आइपिओमा प्रतिकित्ता ३६० रूपैयाँ ९० पैसाको दरले आवेदन दिनु पर्नेछ । सर्वसाधारणले आइपिओमा न्युनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीका अनुसार सर्वसाधारणले सो आइपिओमा फागुन १६ सम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म पनि आवेदन नपरेमा कम्पनीले फागुन २७ सम्म आइपिओको समय थप्नेछ ।
कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी प्रदान गरेको छ। यसले कम्पनी समयमा नै सुरक्षित रूपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया