पार्टीलाई समय दिन नसकेकोमा मन्त्री झाँक्रीले मागिन् माफी
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टी काम समय दिन नसकेकोमा क्षमा मागेकी छिन् ।
निर्वाचन आचारसंहिता लाग्नुभन्दा अगाडि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफल गरी योजना आयोगमा पठाउनुपर्ने भएको कार्यकर्तालाई समय दिन नसकेको प्रष्टीकरण दिएकी छिन् ।
‘यो हप्ता एकदमै व्यस्त छु । निर्वाचन आचारसंहिता लाग्नुभन्दा अघि गर्नुपर्ने काम, आगामी आर्थिक वर्षको नीति, कार्यक्रमको सैद्धान्तिक छलफल र त्यसको निर्णय गरेर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय पठाउनुपर्ने समय सीमा र आन्तरिक कामको कारणले गर्दा कतिपय साथी मन्त्रालय आएर पनि मसँग भेट हुन सकेको छैन’, बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्, ‘कतिपय साथीहरूलाई समय दिन सकेको छैन । त्यसको लागि क्षमा चाहन्छु । यो हप्तापछि नियमित पार्टी काममा फर्कनेछु’,
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया