बारमा सत्ता गठबन्धनको बर्चश्व, अध्यक्षमा गठबन्धनका घिमिरे १७५१ मतले अगाडि
काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरे जितनजिक देखिएका छन् ।
पछिल्लो अपडेट अनुसार घिमिरेले तीन हजार सात सय २८ मत पाएका छन् । प्रतिस्पर्धी एमाले निकटका कानुन व्यवसायी विष्णुमणि अधिकारीले एक हजार नौ सय ७७ मत ल्याएका छन् । घिमिरे सत्ता गठबन्धनबाट कांग्रेसको कोटाबाट अध्यक्षको उम्मेदवार बनेका थिए ।
घिमिरले एक हजार सात सय ५१ मतले अग्रता लिएका हुन् ।
महासचिवबाहेक सबै पदमा गठबन्धन समूह अघि रहेको बार स्रोतले जनाएको छ । निर्वाचनको परिणाम शुक्रबार आउने बताइएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया