देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।
अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा भएको भेटवार्तामा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।पूर्वप्रधानमन्त्रीद्वयबीचको सो भेटमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले परिवर्तित सन्दर्भबारे सकारात्मक कुराकानी भएको जानकारी दिए ।
उनले एकीकृत समाजवादीको आजै बस्ने सचिवालयको बैठक र निर्णयका आधारमा आफूहरुबीच पुनः छलफल हुने समेत उल्लेख गरे। अध्यक्ष नेपालसँग मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतले पनि भेटवार्ता गरेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया