नेप्सेमा ९ अंकको करेक्सन, कारोबार रकम घट्यो
काठमाडौं । मंगलबार भारी अंकले घटेको नेप्से बुधबार थोरै करेक्सन भएको छ । बुधबार नेप्से ९.३३ अंकले बढेर २०१७.०३ विन्दुमा पुगेर बन्द भएको छ ।
बुधबार नेप्से घटेसँगै कारोबार रकमसमेत घटेको छ । आज ३०८ स्टकको ५८ हजार ९४० पटक कारोबारमा ९१ लाख १५४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार रूपैयाँको कारोबार भएको छ ।
बुधबार बैंकिङ, जीवन बीमा र म्युचल फण्ड उपसमूह घटेका छन् भने बाँकी उपसमूह बढेका छन् । बैंकिङ ०.१०, जीवन बीमा ०.०२, म्युचल फण्ड ०.०२ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहरूमा विकास बैंक ०.१३, वित्त १.६८, होटल तथा पर्यटन ०.८६, जलविद्युत ०.९४, लगानी ०.४२, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.७०, नीर्जीवन ०.२७, अन्य १.१७ र व्यापार १.३० प्रतिशतले बढेको छ ।
आज दोल्ती पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने मोलुङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
कारोबार रकमको आधारमा सोनापुर मिनरल्सको सर्वाधिक ३३ करोड ३७ लाख ७८ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा शिभम् सिमेन्टको २७ करोड ८४ लाख ८५ हजार कारोबार भयो । त्यस्तै हिमालयन रिइन्स्योरेन्स १३ करोड १ लाख १५ हजार, घोरही सिमेन्टको १२ करोड ९४ लाख रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया