देउवाले बोलाए सत्ता गठबन्धनको बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदार दलको बैठक आह्वान गरेका छन् । बैठक अहिले बिहान ११ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय छ ।
सत्ता साझेदार दलका एक नेताले शीर्ष नेताको बैठक बालुवाटारमा बस्न लागेको जानकारी दिए ।
स्थानीय तह निर्वाचन छलफलको मुख्य एजेण्डा भएको बताइएको छ । आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ । जसमा गठबन्धन बनाएर भाग लिने सत्ता साझेदार दलबीच समझदारी बनेको छ । तर कसरी गर्ने भन्ने विषय किनारा लाग्न बाँकी छ । आजको बैठकमा यो विषयमा गहन छलफल हुने बताइएको छ ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया