कैलालीमा मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
काठमाडौं । कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते छन् ।
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
से ४ प ४७३० नम्बरका मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल गएराति गोदावरी नगरपालिका–३ मा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।
घटनामा पुरनकुमार मडै र लोकेन्द्र पार्कीको मृत्यु भएको छ । उनीहरू दुवै जनालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकोमा त्यही उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
दुवै मोटरसाइकलको पछाडि बसेका दुई जना घाइते छन् । उनीहरू भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया