कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला

इजरायल । इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागद्वारा हालै सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
सन् २०२२ को तथ्याङ्क अनुसार इजरायलमा मुस्लिम महिलाहरूले औसत २३.५ वर्षको उमेरमा विवाह गर्छन् । ड्रुज महिलाहरूमा विवाहको औसत उमेर २५.४ बर्ष रहेको छ भने यहूदी महिलाहरूमा २५.६ वर्ष र क्रिश्चियन महिलाहरूमा २७.६ बर्ष छ ।
सन् २०२२ मा महिलाको बच्चा जन्माउने औसत उमेर बढेर ३०.७ वर्ष पुगेको छ जुन सन् २००० को औसत उमेरको तुलनामा आठ महिना बढी हो ।
इजरायलमा सन् २०२२ मा करिब एक लाख ७७ हजार २०० महिलाले बच्चा जन्माएका थिए ।
इजरायली महिलाले आफ्नो जीवनमा औसतमा २.८९ बच्चा जन्माउँछन् । यो सङ्ख्या आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) सदस्य देशहरूको औसत १.५८ बच्चाको तुलनामा बढी हो ।
सन् २०२३ मा आमा बनेका १७ वर्षमाथिका इजरायली किशोरीको सङ्ख्या करिब १२ लाख अर्थात् कूल महिला जनसङ्ख्याको ३५ प्रतिशत छ । यीमध्ये ९० प्रतिशत आफ्नो जीवनसाथीसँग बस्छन् र बाँकीले एकल अभिभावकत्वमा परिवारको नेतृत्व गर्छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया