सुनचाँदीको मूल्य बढ्यो
काठमाडाैै । साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ५ सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार ५ सय रूपैयाँ नै बढेको हो ।
महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको हो । महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रूपैयाँ कायम भएको छ । उक्त सुन बुधबार प्रतितोला ९८ हजार ५ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार ३५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया