प्रचण्ड, ओली र नेपालबीच भेट
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिती, प्रधानमन्त्रीले बुधबार सङ्घीय संसदमा लिन लागेकाे विश्वासको मत, आजका लागि तय भएको राष्ट्रियसभा अध्यक्षको निर्वाचनलगायतका विषय रहेका थिए ।
प्रधामनन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाका अनुसार गठबन्धनमा आवद्ध दलहरुबीच राष्ट्रिय विषयमा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्रीले अध्यक्ष ओली र अध्यक्ष नेपालसँग छलफल गरेका हुन् । यही फागुन २१ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो ।
यस्तै, सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समावेश भएको छ । सत्तागठबन्धन दलहरुबीच यसअघि भएको आठ बुँदे सहमतिका आधारमा समाजवादी पनि थपिएको सन्दर्भमा आवश्यक निर्णयका लागि छलफल भएको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया