प्रतिनिधिसभा : कार्यव्यवस्था परामर्श समिति बैठक
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज लिने विश्वासको मत र आगामी १५ दिनका लागि सभाको कार्यतालिका तर्जुमाका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गरेको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।
यही फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् । सोको प्रक्रिया र आगामी १५ दिनका लागि संसद्को कार्यतालिका बनाउन परामर्श समितिको बैठक भएको हो ।
बैठकमा नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, संसद्मा रहेका विभिन्न दलका प्रमुख सचेतक÷सचेतकहरूको उपस्थिति रहेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे राखिएको छ ।
सत्ता गठबन्धनमा हेरफर भएपछि गत १५ दिनको कार्यतालिका प्रभावित भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया