संविधानको रक्षाका लागि जे गर्न पनि तयार छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सरकार सञ्चालनका क्रममा असहजता महसुस गरेपछि गठबन्धन परिर्वतन गर्नु परेको बताएका छन् ।
प्रतिनिधिसभाको आजका बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै सरकार सञ्चालनलाई प्रभावकारी बनाउन गठबन्धन परिर्वतन गर्नुपरेको स्पष्ट पारे ।
संसद्मा विश्वासको मतमाथि पक्ष-विपक्षमा भएका छलफलले सदनलाई थप जीवन्त बनाएको उल्लेख गर्दै यसले लोकतान्त्रिक व्यवस्थालाई योगदान पु¥याउने धारणा व्यक्त गरे। “विश्वासको मत दिनुहुन्छ भने दिनुहोस्, नेपाली जनताले देख्ने गरी काम गर्नेछौँ,” प्रधानमन्त्री दाहालले भने, “संविधान र लोकतन्त्र रक्षा हुने गरी काम गर्छौ, त्यसका लागि म दायाँ वा बायाँ जता जानुपरे पनि तयार छु ।”
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया