एक बर्षमा जनावरको आक्रमणले तीन हजार अस्ट्रेलियाली घाइते
एजेन्सी । सन् २०२१/२२ मा जनावरका कारण घाइते भएका २३ हजारभन्दा बढी अष्ट्रेलियालीलाई अस्पतालमा भर्ना गरिएको थियो ।
अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआइएचडब्लु) ले बुधबार प्रकाशित गरेको रिपोर्ट अनुसार जुन २०२२ को अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियामा जनावरका कारण २३ हजार ३८० व्यक्ति घाइते भएका र अस्पताल भर्ना हुनु परेको थियो ।
अस्पतालमा भर्ना हुनेमध्ये ५३ प्रतिशत बिरालो र कुकुर, २२ प्रतिशत गाईवस्तु, २१ प्रतिशत वन्यजन्तु र विषालु जनावर तथा २.२ प्रतिशत समुद्री जनावरको आक्रमणको कारण घाइते भएको रिपोर्टमा जनाइएको छ । सन् २०२१/२२ मा अष्ट्रेलियामा घाइते भई अस्पताल पुगेका विरामीमध्ये ९०.५ प्रतिशत जनावरको आक्रमण वा सम्पर्कको कारणले घाइते भएका थिए । यो सन् २०१२/१३ को भन्दा ६६.५ प्रतिशत बढी हो ।
अस्पताल भर्ना भएका ५७ प्रतिशत बिरामीहरूमा खुल्ला घाउ तथा सामान्य प्रकारको चोट थियो भने १५ प्रतिशतमा भाँचिीएको र १० प्रतिशतमा विषाक्त प्रभावहरू थिए ।
वन्यजन्तु र विषालु जनावरहरूमा सरीसृपको टोकाइका कारण सबैभन्दा बढी अस्पतालमा भर्ना हुनुपरेको थियो भने त्यसपछि अन्य कीराको टोकाइ वा सम्पर्कका कारण अस्पताल सेवा लिनुपरेको थियो ।
अष्ट्रेलिया विश्वको सबैभन्दा विषालु जनावरहरूको घर हो, तर अस्ट्रेलियालीहरू विषालु जनावरहरूको तुलनामा गैर-विषालु संलग्न चोटका कारण अस्पतालमा भर्ना हुने सम्भावना ६.६ गुणा बढी रहेको एआईएचडब्ल्यूकी प्रवक्ता सारा अहमदले बताइन्।
महिलाहरू पुरुषहरू भन्दा १.२ गुणा बढी सामान्य पाल्तु जनावर सम्बन्धित चोटका कारण अस्पतालमा भर्ना हुने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया