श्रीलङ्काको समुद्री इलाकाबाट २१ भारतीय मछुवा पक्राउ
एजेन्सी । श्रीलङ्काको जलसेनाले शनिबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका २१ जना भारतीय मछुवालाई पक्राउ गरेको छ ।
उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको र उनीहरूले प्रयोग गरेका दुई वटा डुङ्गा पनि जफत गरेको विज्ञप्तिमा उल्लेख छ ।
जफत गरिएका डुङ्गा र २१ मछुवालाई कान्केसानथुराई बन्दरगाहमा ल्याइएको र उनीहरूलाई कानुनी प्रक्रियाका लागि स्थानीय अधिकारीलाई सुम्पिने नौसेनाले जनाएको छ ।
नौसेनाले सन् २०२४ मा श्रीलङ्काको जलक्षेत्रमा १८ भारतीय डुङ्गा र १४६ भारतीय मछुवालाई सुरक्षा नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया