रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान
गुल्मी । रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ ।
यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको बताए । “यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो । आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय गरिनेछ”, उनले भने ।
नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक साताको बुधबार र शुक्रबार विहान काठमाडौँ-रेसुङ्गा-काठमाडौँ उडान गर्दै आएको छ । काठमाडौँ-रेसुङ्गा लागि रु सात हजार दुई सय ८० र रेसुङ्गा-काठमाडौँ रुटका रु सात हजार ८० भाडादर निर्धारण गरिएको छ । रेसुङ्गा बिमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दुरीमा पर्छ ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया