सुनको मूल्य १३ सय रूपैयाँले घट्यो

काठमाडाैं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य १३ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार शुक्रबारको लागि तेजावी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँले घटेर १५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया