तीन प्रदेशमा आज पनि पानी पर्ने
काठमाडौं । तीन प्रदेशमा आइतबार पानी पर्ने आकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा भने हिमपातको खतरा छ ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान आफ्नो नियमित मौसमी बुलेटिन सार्वजनिक गर्दै तीन प्रदेशमा वर्षाको प्रक्षेपण गरेको हो । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली तथा उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यही मौसमी प्रणालीका कारण केही दिनयता देशका विभिन्न भागमा वर्षा तथा बदली भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया