नेपाल बहराइनसँग पुनः पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग तीन–शून्य गोलअन्तरले पराजित भएको हो ।
बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक–एक गोेल गरे ।
समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो । यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग पाँच–शून्य गोलअन्तरले पराजित भएको थियो ।
त्यसअघि नेपालले युएईविरुद्ध चार–शून्यको हार बेहोरेको थियो भने यमनसँग दुई–शून्यले पराजित भएको थियो ।
नेपाल चार खेलमा अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छ भने युएई १२ अङ्कसहित समूहको शीर्ष स्थानमा छ । ९ अङ्क बटुल्दै बहराइन दोस्रो र यमन तीन अङ्कसहित अङ्क तालिकाको तेस्रो स्थानमा छ ।
अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्नेछ ।
ताजा अपडेट
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
प्रतिक्रिया