२३ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । २३ निर्माण तथा आपूर्ति कम्पनी सरकारको कालोसूचीमा परेका छन् । कबोलअनुसारको काम नगरेपछि यी कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका निर्माण कम्पनीमा आइएमएस कन्स्ट्रक्सन प्रालि, अर्भाली इन्फ्रापावर लि, नयाँ दिल्ली, गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालि, सरस्वती निर्माण सेवा, धिताल बिल्डर्स, एकेज कन्स्ट्रक्सन, देउवती बज्यै निर्माण सेवालगायत छन् । यी कम्पनीलाई सरकारी खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।
विभिन्न सरकारी निकायले २३ निर्माण तथा आपूर्ति कम्पनीले कबोलअनुसारको काम नगरेको उल्लेख गर्दै कारबाही गर्न लिखित आग्रह गरेकाले चैत १३ गतेको निर्णयानुसार कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कुनै पनि सरकारी निकायले खरिद प्रक्रियामा सहभागी फर्म तथा कम्पनीलाई कालोसूचीमा राख्न लिखित पत्राचार गरेको खण्डमा स्पष्टीकरणलगायत प्रक्रिया पूरा गरी कालोसूचीमा राख्न सक्ने व्यवस्था छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’




प्रतिक्रिया