सुधारिएन मौसम, यी प्रदेशमा तीन दिनसम्मै पानी पर्ने
काठमाडौं । देशका विभिन्न प्रदेशमा आगामी तीन दिन वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान नियमित मौसमी बुलेटिन सार्वजनिक गर्दै तीन दिन देशका विभिन्न भागमा वर्षा तथा हिमपातको आकलन गरेको हो ।
महाशाखाका अनुसार, बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने दिउँसो हल्का हिमपातको आकलन छ ।
काठमाडौं उपत्यकामा भने बिहीबार बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
मौसमविदका अनुसार, देशका केही भागमा बिहीबार राति पनि वर्षाको योग छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा रातिको समयमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको हो ।
मौसमविदहरूका अनुसार, नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । यही दुई वायुको प्रभावका कारण शनिबारसम्मै विभिन्न भागमा पानी पर्ने देखिएको छ ।
शुक्रबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा शनिबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखासँग आगामी तीन दिनको मात्र मौसम प्रक्षेपण गर्ने प्रविधि रहेकाले त्यसपछिका दिनको अनुमान गर्न नसकिने मौसमविदको भनाइ छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया