शिक्षकहरूको जिलान्तर सरुवा रोक्का
काठमाडौं । विद्यालय तहका शिक्षकहरूको जिलान्तर सरुवा रोक्का गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चैत ५ गतेको मन्त्रीस्तरीय निर्णयबाट जिल्लान्तर सरुवा रोक्का गरिएको हो ।
शिक्षक सरुवालाई थप व्यवस्थित र पारदर्शी बनाउन अर्को व्यवस्था नभएसम्मका लागि सरुवा रोक्का गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
यससम्बन्धी निश्चित मापदण्ड नबन्दा विगत वर्षहरूदेखि नै शिक्षकहरूको सरुवा अव्यवस्थित ढंगले हुँदै आएको छ । मन्त्रालयका अनुसार, यसलाई व्यवस्थित गर्न शिक्षा तथा मान स्रोत विकास केन्द्रमार्फत मापदण्ड निर्माण कार्य भइरहेको छ ।
मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई जिल्लान्तर सरुवा रोक्काको निर्णय कार्यान्वयन गर्न सर्कुलरसमेत गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया