लागुऔषधसहित दुई जना पक्राउ
काठमाडौं । मोरङ, दक्षिण गेटबाट लागुऔषध नाईटोसन ६० ट्याब्लेट र डाइलेक्स डिसि चार बोतलसहित शुक्रबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी, धरान उपमहानगरपालिका-९ बस्ने ३० वर्षीय आकाश सुन्दास र ३८ वर्षीय मिलन लिम्बु रहेका छन् ।
भारतबाट नेपाल आउँदै गरेको प्रदेश १-०२-०४८ प ३९७५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त मोटरसाइकलमा लागुऔषध भेटिएको प्रहरीले जनाएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया