म्यानमार-चीन सीमाबाट आठ सय भन्दा बढी ठगीकर्ता पक्राउ
एजेन्सी । म्यान्मारस्थित चीनको राजदूतावासले म्यान्मार र चीनको संयुक्त प्रहरी अपरेसनमा इन्टरनेटमा आधारित सीमापार संगठित अपराध (स्क्यामिङ) मा संलग्न आठ सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको जानकारी गराएको छ ।
चीन र अन्य देशका नागरिकलाई प्रलोभनमा पारी सीमाक्षेत्रमा बन्धक बनाएर ठगीका काम गर्न बाध्य पारिएको भेटिएको छ । इन्टरनेटमा आधारित यस धन्धाको व्यवसाय अर्बौं डलरको रहेको अनुमान गरिएको छ । त्यस्ता प्रकारको अपरेसनहरू गर्न बेइजिङले म्यान्मारको सैनिक सरकारलाई निरन्तर आग्रह गरिरहेको थियो ।
चीन सरकारले आफ्ना म्यानमार समकक्षीलाई म्यान्मारको शान राज्यमा भइरहेका संगठित अपराध र ठगीका बारेमा जानकारी गराएको थियो । म्यान्मार प्रहरीले विज्ञप्ति मार्फत सीमापार अपराधमा संलग्न भएको आरोपमा आठ सय जनालाई पक्राउ गरेको र उनीहरुबाट कम्प्युटर, मोबाइल फोन बरामद गरेको उल्लेख गरेको छ । पक्राउ परेकामध्ये तीन सय ५२ जना चिनियाँ नागरिकलाई आइतबार नै चीन पठाइएको छ । पक्राउ परेका अन्य व्यक्तिहरु सबै म्यान्मारका नागरिक हुन् ।
म्यान्मारको सीमाक्षेत्रमा कम्तिमा एक लाख २० हजार मानिसलाई बन्धक बनाएर विभिन्न गैरकानुनी धन्धामा संलग्न गराएको भन्दै गत वर्ष संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले जानकारी दिएको थियो ।
विद्रोहीहरुको कब्जामा रहेको शान राज्यको लउकाई शहरमा ती मानिसलाई बन्धक बनाएको पाइएको छ । जातीय अल्पसंख्यक सशस्त्र समूहहरूले संगठित अपराध गर्ने ठाउँहरुलाई ध्वस्त बनाउने जानकारी गराएका छन् । गत वर्ष मात्र म्यान्मारमा साइबर अपराधमा भाग लिएका शंकास्पद ४० हजार भन्दा बढी व्यक्तिलाई चीन पठाइएको चिनियाँ सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया