प्रचण्डका भाइ राष्ट्रियसभामा मनोनित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाल (चितवन) लाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छिन् । सरकारको सिफारिसमा दाहाल राष्ट्रिय सभामा मनोनित भएका हुन् ।
उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।
निर्वाचन आचारसंहिता लाग्नुपूर्व नै दाहाललाई मनोनित गरिएको हो । रामनारायण बिडारीको पद सकिएपछि उनलाई मनोनित गरिएको हो ।
नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दाहाल माओवादीका केन्द्रीय सदस्य ह्न । उनी यस अघि माओवादीको वाग्मती प्रदेश अध्यक्ष पनि भएका थिए ।
निर्वाचन आचारसंहिता सुरु हुनुपूर्व सरकारले एकपछि अर्को गर्दै यस्ता महत्वपूर्ण निर्णय गरेको हो ।
ताजा अपडेट
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
प्रतिक्रिया