ताइवानमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प
काठमाडौं । ताइवानमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तट केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिण पर्छ । यो ताइबानमा पछिल्लो २५ वर्षयता गएको सबैभन्दा ठूलो भूकम्प हो ।
समाचारहरूमा भूकम्पबाट भवनहरू भत्किएको र विद्युत् आपूर्ति बन्द भएको जनाइए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
यो भूकम्पपछि ताइवानमा लगातार परकम्पहरू गइरहेका छन् । एएफपीका अनुसार केही समयअघि मात्रै ६.५ म्याग्निच्युड परकम्प गएको छ ।
भूकम्पको धक्का चीनमा समेत महसुस भएको छ । चिनियाँ सरकारी मिडियाका अनुसार, फुजियान प्रान्तका भूकम्पको झड्का महसुस भएको छ ।
उता ताइवानको अर्को छिमेकी देश जापानमा भने सुनामीको चेतावनी दिइएको छ । त्यहाँको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामीको खतरा औंल्याएको हो । सुनामीको सम्भावना देखिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाइएको छ ।
जापानपछि फिलिपिन्सले पनि सुनामीको चेतावनी जारी गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार, प्रशासनले तटीय इलाका खाली गर्न भनेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया