बाघको संरक्षण र उचित व्यवस्थापनको माग राख्दै पशुअधिकारकर्मीहरूको प्रदर्शन
काठमाडाैं । बाघ संरक्षण र पशु कल्याणको लागि सचेतना जगाउनका लागि पशुअधिकारकर्मीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
मंगलबार पशुअधिकारकर्मीहरूले वर्ल्ड वाइडलाइफ फन्डको कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् ।
पशुअधिकारकर्मीहरूले पर्सा वन्यजन्तु आरक्षमा पछिल्लो पाँच महिनामा तीनवटा बाघको मृत्यु भएको कुरा स्मरण गराउँदै बाघलाई सानो स्थानमा बन्दी बनाएर राख्दा मृत्यु भएको निष्कर्ष निकालेको छ । बाघ मृत्युदरको यो घटनाले संरक्षित वन्यजन्तुको तत्काल ध्यानाकर्षण र उचित व्यवस्थापन, संरक्षणका लागि उपयुक्त उपायहरू छिटो कार्यान्वयन गर्न पशुअधिकारको लागि काम गर्दै आइरहेका संस्था स्नेहाज केयरले माग गरेको छ । ‘हामी वन्यजन्तुको समृद्धि, संरक्षण र प्रभावकारी व्यवस्थापनको माग गर्छौं,’ स्नेहाज केयरकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठले बताइन् ।
प्रदर्शनमा पशुअधिकारकर्मीहरूले ‘पशु हिंसा बन्द गर’, ‘चिडियाखाना खारेज गर’, ‘तीन वटा बाघको हत्या’, ‘डब्ल्यु डब्लयु एफ जवाफ दे’, ‘हत्यारालाई कारबाही गर’ लगायत लेखिएका प्ले कार्ड बाेकेका थिए ।
तस्विर : स्नेहाज केयर
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता







प्रतिक्रिया