NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २५ गते

घुससहित पक्राउ परेको बुढानिलकण्ठका इन्जिनियरलाई चार महिनामै सफाई

काठमाडौं । ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका बुढानिलकण्ठका इन्जिनियर टिकराज राईले सफाइ पाएका छन् । गत १४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको थियो ।
घर निर्माण सम्पन्न प्रमाणपत्र उपब्लध गराउन उनले सेवाग्राहीसँग पैसा लिएका थिए । ठेकदार रामचन्द्र सुनुवारसँगको मिलेमतोमा घुस लिएको खुलेपछि आयोगले सुनुवारलाई पनि प्रतिवादी बनाएकोमा दुवैले बिशेष अदालतबाट बुधबार सफाइ पाएका छन् ।