यी पाँच प्रदेशमा आज पानी पर्ने
काठमाडौं । देशका पाँच प्रदेशमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा आज हल्का हिमपात हुने आकलन गरिएको छ ।
बिहीबार बिहान आफ्नो नियमित मौसम बुलेटिन सार्वजनिक गर्दै मौसम पूर्वानुमान महाशाखाले कर्णाली, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको आकलन गरेको हो ।
महाशाखाका अनुसार, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानसँगै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा बिहीबार मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षा हुने सम्भावना छ । मौसमविदहरूले उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भने हल्का हिमपातको आकलन गरेका छन् ।
बिहीबार राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्न सक्छ ।
यतिबेला नेपालमा पश्चिमी र स्थायी वायुको आंशिक प्रभाव रहेको छ । मौसममा परेको यही दुई वायुको प्रभावले वर्षा तथा बदली भइरहको मौसमविदको भनाइ छ ।
महाशाखाका अनुसार अहिले देशभरको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया