सामुदायिक वनमा चिया खेती !

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२, गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ ।
सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य खिमबहादुर मल्ल ठकुरीले जानकारी दिए ।
समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ ।
“हामीले परीक्षणको रुपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिएका छन्”, उनले भने, “चिया खेती निकै राम्रो भएको छ । आगामी दिनमा बिरुवा थप्ने योजनामा छौँ ।”
गौश्वारा गाउँ शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमूना गाउँ हो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया