सत्तागठबन्धन टुटाउन कांग्रेसले रविलाई सहकारीसँग जोड्यो : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसले माग गरेअनुरूप संसदीय छानबिन समिति गठन गर्न नसकिने प्रष्ट पारेका छन् । साथै उनले सत्तागठबन्धन टुटाउन कांग्रेसले रविलाई जबरजस्त सहकारी ठगीमा जोडेको आरोपसमेत लगाए ।
सहकारी ठगीमा रवि लामिछाने संलग्न भएको आरोप लगाउँदै कांग्रेसले यसबारे संसदीय छानबिनको माग गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले त्यसलाई अस्वीकार गरेका हुन् । कांग्रेसको यो मागलाई उनले राजनीतिक पूर्वाग्रहप्रेरित भएको समेत टिप्पणी गरे ।
‘रवि लामिछानेको सम्बन्धमा अनुसन्धान गर्न कांग्रेसले संसदीय छानबिनको माग गरिरहे पनि त्यसो गर्न सकिँदैन,’ बिहीबार बिहान विराटनगरमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने ।
कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र त्यसलाई उनले अस्वीकार गरेपछि सहकारी ठगी प्रकरण उछालेको उनको आरोप छ । रविविरुद्धको आरोप सत्तागठबन्धन टुटाउने योजनाअनुरूप आएको दाबी पनि उनले गरे ।
सिआइबीले रविविरुद्ध प्रमाण नभेटिएको भनेकाले अनुसन्धान जरुरी नभएको उनले बताए । यदि रविविरुद्ध कुनै प्रमाण भेटिएको अवस्थामा सरकारले अनुसन्धान गर्ने उनको दाबी छ ।
‘अनुसन्धानमा संलग्न सिआइबीले नै रविविरुद्ध प्रमाण भेटिएन भनिसकेको छ,’ उनले भने, ‘यदि उहाँविरुद्ध प्रमाण भेटिएमा सरकार अनुसन्धान गर्न तयार छ ।’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया