इन्डोनेसियामा पहिरो : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

इन्डोनेसिया । खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप दुई शव फेला पारेसँगै पहिरोमा परी मृत्यु ह्नेको सङ्ख्या २० पुगेको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले मङ्गलबार जनाएको छ ।
उच्च बहावसहितको तीव्र वर्षाले शनिबार राति लेमाङ रनदन बाटु र मानगाउ गाउँका अस्थिर भूमिमा पहिरो जाँदा केही मानिस घाइते हुनुका साथै चार वटा घर पुरिएको स्रोतले जनाएको छ ।
कुहिरो, वर्षा र पहिरोका कारण सडक अवरुद्ध भए पनि खोजी तथा उद्धार कार्य गरिएको थियो । हालै मृतक दुई जनाको खोजीसँगै बेपत्ता भएका सबै फेला परेका छन् । त्यसपछि खोजी अभियान स्थगित गरिएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया